दु:ख शब्द सुन्न मन पर्ने कति छन् यहाँ
दुःख सँगै पलपल खेल्ने कति छन् यहाँ
तर कस्तो बिडम्वना यो हिसाव किताव राख्ने फु्र्सद छैन
कसरि होस फुर्सद पनि !
कसैलाई बाच्नु छ यहाँ
कसैलाई मास्नु छ यहाँ
को कस्को दुःख देख्छ
न त सुन्छ यहाँ
न त सुन्छ नै दुःख यहाँ
तर कसैले कसैलाई दुःख छ भनि ठान्दैन यहाँ
यता, उता, नेता, जता ततै
खोजि रहन्छन् सुख चाहे त्यो
कस्ले कस्को दुःख देख्ने , सुन्ने फुर्सद लिने यहाँ !!!
No comments:
Post a Comment